अन्तर्राष्ट्रिय नाट्य महोत्सव उद्घाटन ९ वटा देशकाे सहभागिता

0
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

–छिटाे सम्वाददाता,

काठमाडाैँ,

काठमाडौंका ७ वटा नाट्य समुहहरुले पहिलाेपटक अायाेजना गरेकाे “नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९” अाज उद्घाटन गरिएकाे छ । नेपाल लगायत ९ वटा देशकाे सहभागिता रहने महोत्सव फागुन १३ गतेदेखि फागुन २० गतेसम्म चल्नेछ।

उद्घाटन समाराेहमा प्रमुख अथितीकाे रूपमा प्रधानमन्त्री केपी शर्मा वली, विशिष्ट अथिती शिक्षामन्त्री गिरीराजमणी पाेखरेल, लगाएत देश विदेशबाट पनि विशिष्ट नाट्यकर्मीहरूकाे बाक्लाे उपस्थिती रहेकाे सर्वनामा थिएटरकाे प्राङ्गणमा भव्यताका साथ नाट्य महत्सवकाे अारम्भ गरिएकाे थियाे ।

नाट्य महोत्सवकाे अवसरमा देशभरीबाट मात्रै नभर्इ विश्वभरी बाट विभिन्न देशका नाटक प्रदर्शन गरिने, कविता वाचन, नाटकका फोटो प्रदर्शन र गीत संगीत लगाएतका कार्यक्रमहरू हुनेछन्।


Xito Post