विमानस्थलको जिम्मेवारी नगरपालिकालाई

0
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलालीको टीकापुरस्थित विमानस्थलको सम्पूर्ण जिम्मेवारी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

विमानस्थल अध्ययन, निर्माण तथा सञ्चालन समितिको मातहतमा रहेको विमानस्थलको जिम्मा नगरफालिकालाई दिने निर्णय गरिएको हो । विसं २०६७ देखि मुक्त कमैया र सुकुम्बासीले अतित्रमण गरी बसोबास गर्दै आएको सो विमानस्थलको जग्गा खाली गराई विमानस्थलको अध्यन, निर्माण तथा सञ्चालनको लागि सर्वदलीय सर्वपक्षीय झेलाबाट समिति गठन गरिएको थियो ।

यसअघि विसं २०६१ मा मुक्त कमैया र सुकुम्बासीले विमानस्थलको जग्गा अतित्रमण गरी बसोबास गर्दै आएका थिए । विसं २०६७ मा विमानस्थल खाली गराउन गठन गरिएको टीकापुर विमानस्थल अध्यन, निर्माण तथा सञ्चालन समितिले सबै काम कारवाही टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । समितिले विमानस्थलको नाममा रहेको आर्थिक, भौतिकलगायत जिम्मेवारी नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सार्वजनिक क्षेत्रको विकास र जिम्मेवारी लिनुपर्ने भन्दै विमानस्थलको सबै जिम्मेवारी नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरिएको समितिका कोषाध्यक्ष बखतबहादुर विष्टले बताए । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहदुर रावलले विमानस्थलको बारेमा आफूहरु चिन्तित भएको बताए ।

Xito Post