कर्णाली र प्रदेश २ का लागि विशेष प्याकेज खोइ ?

0
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, १५ जेठ,

सङ्घीय समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले अघिल्ला वर्षका तुलनामा यस पटकको बजेट सन्तुलित भए पनि कर्णाली र प्रदेश २ का लागि विशेष प्याकेज ल्याउने सन्दर्भमा चुकेको टिप्पणी गरेका छन् ।

नेपाल सरकारले २०७६/०७७ वर्षका लागि सङ्घीय संसद्मा आज प्रस्तुत गरेको बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भने, “मुलुकलाई कृषिमा आत्मनिर्भर तुल्याउन सिँचाइ र कृषिका लागि रकम छुट्याइएको पाइएन ।” नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले गरीबको हितका लागि नभई धनी वर्गको पृष्ठपोषण गर्ने ढङ्गबाट ल्याइएको हुँदा यो मजदुर र कामदारको पक्षमा नरहेको प्रतिक्रिया दिए । उनले भने, “खाल्टोबाट झिकेर अल्कोमा थप्ने नीतिबाट ल्याइएको बजेटबाट केही मुठ्ठिभर व्यक्तिलाई मात्र फाइदा पुग्नेछ ।”

Xito Post