तिन बर्ष पछि कर्मचारीको तलब २०% बढ्याे

0
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,

सरकारले यस वर्ष कर्मचारीको तलब बढाएको छ। निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षक र प्राध्यापकहरुमध्ये राजपत्र अनंकितको सुरु तलबमा आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक २० प्रतिशत बढेको छ भने राजपत्र अंकितको तलब १८ प्रतिशत बढेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत् तलब बढाएको घोषणा गरेका हुन्। अार्थिक बर्ष ७५/७६ मा सरकारले तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ र कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्‍याएको थियो।

प्रथम श्रेणी कर्मचारीकाे रू ३६६७ ले बढ्दा मुख्य सचिवकाे तलब रू ९८२५ ले बढेकाे छ ।

Xito Post