धुर्मुस सुन्तलीले क्षमा मागे

0
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं,

भरतपुरको चितवनमा निमार्णाधिन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचारका साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकार्षण गर्दै धुर्मुस सुन्तली( सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले क्षमा मागेका छन् ।

रंगशाला घेराबारामा डोजर लगाइ भौतिक क्षतिका बारे आक्रोसमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथी ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं भनी दुबैले वक्तव्य जारी गरेका हुन् । त्यस घटनाप्रति दुःख व्यक्त गर्दै दुबैले सहयोग , सहानुभुती , हौसला प्रदान गर्ने सम्पुर्ण अग्रजहरु, सहयोगी मनहरु सहित सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा नेपाली भाषीहरुमा कृतज्ञता व्यक्त गरेका छन् ।

रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलाग्न सबैमा अाग्रह गर्दै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल वातावरण श्रृजना गरिदिन उनीहरूले अनुरोध समेत गरेका छन् ।

Xito Post