पहिलाे ‘कमेडी च्याम्पिएन’ शो भाद्र देखि विजेतालाई ५० लाख (भाग लिन यसाे गर्नुहाेस्)

0
  • 923
  •  
  •  
  •  
  •  
  •  
    923
    Shares

काठमाडौँ, २० असार,

नेपालमा पहिलो कमेडी शो ‘कमेडी च्याम्पिएन’ हुनेभएकाे छ । यस वर्षको गाईजात्रा माैका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट ‘कमेडी च्याम्पिएन’ शो प्रशारण हुने भएको हाे ।

पहिलाे कमेडी च्याम्पिएन’ शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक विशाल भण्डारीले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी अडिसनको तयारीमा जुटेको बताए । यस शोमा हाँस्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई निर्णायकको रुपमा रहने छन् ।

कार्यक्रममा भाग लिन भने कमेडी च्यम्पिएनको एप्स मोबाईलमा डाउनलोड गर्नु पर्नेछ । त्यसपछि सम्पादन नगरिएको नेपालबाट ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्ने छ । यिनै भिडियोलाई हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसिपको अडिसन आफुहरु सहभागी हुन पाउने छन् ।

अडिसनबाट चयन भएकाहरु मध्य उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि विजेताले २५ लाख रुपैयाँ बराबरको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो शोलाई नायिका रिमा विश्वकर्माले होस्ट गर्नेछिन् । सान थापाले लेख्ने यो कमेडी च्याम्पिएनको निर्मातामा अभिनेत्री केकी अधिकारी सहित राज घिमिरे र सृजा थपलिया रहने छन् ।

 

Xito Post