सर्पदंश उपचार टाढा धाउनु पर्दा ज्यान जोखिम

0
  •  
  •  
  •  
  •  
  •  
  •  

छिटाे पाेष्ट

भद्रपुर, २३ असार

झापाको दुर्गम क्षेत्र भनेर चिनिने कचनकबल गाउँपालिकामा स्थानीयवासीले सर्पदंश उपचार सेवा माग गरेका छन् । सर्पले डसेका बिरामीले उपचारका लागि टाढा धाउनु पर्दा ज्यान जाने जोखिम भएको जनाउँदै स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना गरिनुपर्ने कचनकबलवासीको माग छ ।

गत वर्षको असार २२ गते कचनकबल गाउँपालिका–३ की १५ वर्षीया स्वस्तिमा भट्टराईको सर्पले डसेर मृत्यु भएपछि कचनकबलवासी झस्किएका छन् । आफ्नै ठाउँमा उपचार केन्द्र भए स्वस्तिमाको अकालमा ज्यान जाने थिएन भनेर स्थानीयवासी बनियानी बजारमा उपचार केन्द्र स्थापनाको अभियानमा जुटेका छन् ।
गर्मीयाम शुरु भएसँगै झापामा सर्पको बिगबिगी शुरु भइसकेको छ । कचनकबलबाट नजिक भनेको मेचीनगरको चारआलीस्थित सर्पदंश उपचार केन्द्र नै ५० किलोमिटर टाढा पर्दछ । कनकाई र दमकमा रहेको सर्पदंश उपचार केन्द्र त्यो भन्दा टाढा छ । कचनबल–७ स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम गुरुङ सरकारले दक्षिण झापाको दुर्गम भेगका लाखौँ नागरिकलाई सर्पको डसाइबाट अकालमा ज्यान जान नदिन बनियानीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्ने बताउछन् ।

बनियानी बजारमा चिया पसल सञ्चालन गर्दै आएका उमेश भट्टराईले विगत दंश उपचार केन्द्र स्थापनाको अभियानकर्मी भट्टराई बताउछन् ।१५ वर्षदेखि स्थानीयवासीले कचनकबल क्षेत्रमा सर्पदंश उपचारको आवश्यकता औँल्याउँदै आए पनि जनताको मागको सुनुवाइ नभएको गुनासो व्यक्त गरे । स्थानीय युवाले ‘दक्षिण क्षेत्रमा सर्पदंश उपचार केन्द्र चाहियो’ भन्ने भित्तेलेखनसमेत गरेर सरकारी निकायको ध्यानाकर्षण गर्दै आएको सर्प

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगरले स्थानीयवासीको माग भए पनि गाउँपालिकासँग साधनस्रोत न्यून भएकाले आफ्नै बलबुतामा सर्पदंश उपचार केन्द्र स्थापना सम्भव नहुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकबलका गाउँ समिति अध्यक्ष रविचन्द्र ओझाले प्रदेश र सङ्घीय सरकार गुहारेर भए पनि सर्पदंश उपचार केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गरे ।

Xito Post