ट्रक दुर्घटनामा शिक्षककोे मृत्युु नौ घाइते

0
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान, २३ असार,

रुकुमबाट दाङतफै जाँदै गरेको ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक दाङ तुलसीपुर उपमहानगरपालिकाका ताराप्रसाद खड्का र सोही ठाउँ निवासी २० वर्षीय सहचालक यज्ञबहादुर खड्का गम्भीर घाइते भएका छन् । चालक र सहचालकको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको तुलसीपुरमा उपचार भइरहेको छ ।

ट्रक सडकदेखि ५० मिटर तल खसेकोे छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उद्धार गरेको थियो । अविरल वर्षाका कारण उद्धारकार्यमा कठिनाई भएको प्रहरीको भनाइ छ ।

Xito Post